setoveda logo
४ वैशाख २०८३, शुक्रवार

एमाले कोशी प्रदेश इन्चार्ज राईलाई पत्रकारको प्रश्नः बल वहादुर साम्सोहाङ र मणिशंकर पोमूको निलम्बन के हुँदैछ ?

जेठ १८, २०८२, आइतवार
नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईसहित पत्रकार सम्मेलनमा सहभागी नेताहरु ।

नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईसहित पत्रकार सम्मेलनमा सहभागी नेताहरु ।

जेठ १८ गते । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले बल वहादुर साम्सोहाङ र मणिशंकर पोमूको निलम्बनको विषयमा अध्यन र अनुसन्धान जारी रहेको बताएका छन् । प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा राईले पाटीले गठन गरेको कार्यदलले अध्यन र अनुसन्धान जारी राखेको जानकारी दिए । साम्सोहाङ र पोमूको निलम्बनको विषय कहाँ पुग्यो भन्ने पत्रकारको जिज्ञासामा राईले भने,‘यूवा सँघको चुनावमा जे नहुनु थियो । भयो । घटनाबारे अध्यन अनुसन्धन जारी छ । अध्यन सकिएलगत्तै सार्वजनिक गछौ ।’ प्रदेश कमिटिले गठन गरेको कार्यदलले आग्रह पूर्वाग्रह नराखि अध्यन प्रतिवेदन बनाउनेमा ढुक्क हुन उनले आग्रह गरे । कार्यदल संयोजक पाटीका कोशी प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ र सदस्य होम वहादुर थापा छन् । चेम्जोङ र थापा राईसँगै ताप्लेजुङ आएका हुन् । साम्सोहाङ एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । उनी कोशी प्रदेशसभामा निर्वाचित भएर मन्त्री समेत बने । पोमू जिल्ला कमिटि चुनावमा सचिवमा पराजित भएका थिए ।

यसैबिच एमाले नेता राईले नेकपा एमाले संघिय लोकतान्त्रिण गणतन्त्र जोगाउन सडक र सदनमा रहेको जिकिर गरे । उनले थपे,‘मसानघाट भएको राजतन्त्र ब्यूतिन गाह्रो छ । तैपनी राजावादी प्रदर्शनमा छन् । अरु दल मौन छ । तर एमाले लोकतन्त्र र जनताको पक्षमा उभिएको छ ।’ कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तिल कुमार मेन्याङबो,कार्यवहाक अध्यक्ष दीपेन पोमू (दीपेन) लगायत नेतृत्वको उपस्थिति थियो । प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त पालुङ्वाको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।