setoveda logo
४ वैशाख २०८३, शुक्रवार

एल्चेले रियललाई बराबरीमा रोक्यो

मंसिर ८, २०८२, सोमवार

मंसिर ८ गते । एल्चेले स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडलाई २–२ को बराबरीमा रोकेको छ । यससँगै रियल अंक तालिकाको शीर्षमा उक्लिए पनि अग्रता एक अंकमा छोटिएको छ ।

एल्चे भर्सेस रियल

एल्चे भर्सेस रियल

रियलको ३२ अंक भएको छ भने बार्सिलोना उसको ठीक पछाडि ३१ अंकमा रहेको छ । जुड बेलिंघमले खेल सकिन तीन मिनेट अगाडि रियलका लागि बराबरी गोल फर्काएका थिए ।एल्चेले खेलमा दुई पल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसकेको हो । खेलको अन्त्यमा एल्चे दस खेलाडीमा सीमित रहेको थियो ।

आइतबारको अर्को प्रमुख खेलमा एटलेटिको म्याड्रिडले गेटाफेलाई १–० ले हरायो र २८ अंकमा चौथो स्थानमा रह्यो । भिल्लारियल भने २९ अंकमा तेस्रो स्थानमा रहेको छ ।