प्रतिकात्मक तस्बिर
असार १९ गते । यसवर्ष डेंगु संक्रमणका कारण देशभरि ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ । ईडीसीडीले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी गरेको दाबी गरेको छ । किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु संक्रमण उच्च हुने मौसम अझै बाँकी छ । ‘डेंगुको संक्रमण साउनदेखि केस बढ्दै जाने, भदौ र असोजमा पिक पुग्ने र त्यसपछि कत्तिकदेखि घट्ने क्रम रहन्छ,’ डा। दाहालले भने, ‘डेंगु केस बढ्नेसक्ने कुरालाई नकार्न सक्दैनौं, अबको चार महिना उच्च जोखिममा रहनेछौं ।’
चार–पाँच वर्षदेखि लगातार रूपमा डेंगु केसहरू बढेको स्थितिमा डेंगु संक्रमणलाई शून्यमा पुर्याउन दीर्घकालीन तयारी आवश्यक भएको विज्ञ बताउँछन् । ‘अब एक–दुई वर्ष मात्रै होइन, अझ दशकौंसम्म डेंगुसँग लड्नुपर्छ । यसका लागि हामीले तयारी गरेनौं भने डेंगुलाई शून्य बनाउन सक्ने अवस्थामा पुग्दैनौं,’ डा। दाहाल भन्छन् । विश्व परिवेश र शहरीकरण कारण डेंगुलाई पूर्णतस् घटाउन गाह्रो हुने उनी बताउँछन् । शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन हो । विज्ञका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन् स्थल हुन् । विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको डेंगु अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ ।
वास्तविक संख्याको दश गुणा बढी
गत पुसदेखि हालसम्म करिब एक हजार ६ सय डेंगु संक्रमित भएको ईडीसीडीले जनाएको छ । राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको हो । चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता ९एन्टिबडी० नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ । ‘डेंगुका बिरामी लक्षण नदिखिने, स्वास्थ्य संस्थामा नजाने, परीक्षणमा नहुने वा रिपोर्ट पनि हुँदैन,’ डा। दाहालले स्पष्ट पार्दै भने, ‘सरकारी तथ्यांकभन्दा दशौं गुणा डेंगुका बिरामी समुदायमा छन् भन्ने बुझिन्छ ।’