सांकेतिक तस्बिर
असार १० गते । मुलुकभर डेंगी संक्रमितको संख्या १४ सय नाघेको छ भने ७३ जिल्लामा यसको संक्रमण फैलिएको छ । डेंगी लागेको कसरी थाहा पाउने अनि यसबाट कसरी बच्ने भन्ने जिज्ञासा सबैमा हुन्छ । अहिले रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ ।
डेंगी के हो ? डेंगी एक प्रकारको ज्वारो हो । डेंगी भाइरस एडिस जातको लामखुट्टेमार्फत् फैलने गर्दछ । आर्थिक वर्ष २०६०र६१ मा पहिलो पटक एक जनामा डेंगी संक्रमण भेटिएको थियो । पछिल्लो २२ वर्षमा डेंगी रोगले हामीलाइ निरन्तर सताउँदै आइरहेको छ । डेंगी लक्षण के-के हुन् ? उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेंगीका प्रमुख लक्षण हुन् । डेंगी लागेपछि उपचार नगराउँदा के हुन्छ रु केही वर्ष अघिसम्म डेंगी लाग्दा मानिसहरु डराउँथे र तुरुन्तै उपचारमा जान्थे । तर हिजोआज डेंगी लागेपनि सिटामोल त कतिपयले दुखाइ कम गर्न ब्रुफिन खाएर आफ्नो नियमित काम गरिरहेका हुन्छन् । यस्ताला२ ‘वकिङ डेंगी’ पनि भन्ने गरिन्छ ।
डेंगी लागेका सबैलाई जटिल संक्रमण हुन्छ भन्ने होइन । तर यदि नाक, गिजाबाट रक्तस्राव हुने, महिलामा महिनावारी हुँदा जस्तै रगत बग्ने, पेट असाध्यै दुख्ने, तारन्तर बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट, खुट्टा सुनिने भएमा डेंगीको गम्भीर संक्रमण भएको बुझ्नुपर्छ । सकभर डेंगी भएपछि चिकित्सकको परामर्श गर्नु उत्तम हुन्छ । डेंगी हुँदा के खाने के नखाने रुडेंगी संक्रमितले मसलादार र मांसाहारी खानेकुराबाट खानु हुँदैन । अनि कफी वा क्याफिनसँग सम्बन्धित चीजहरू पनि खानु हुँदैन । मनतातो पानी पिउने र प्रशस्त मात्रामा झोलिलो पर्दाथ पिउनुपर्छ । नरिवल पानी पिउनु निकै फाइदाजनक मानिन्छ । मेवाको पातले रगतमा प्लेटहरु छिटो बढाउने भएकाले खान उपयुक्त मानिन्छ । तर यो खाँदा विचार भने पुर्याउनुपर्छ । फलफूलमा किवी पनि फाइदाजनक मानिन्छ ।
–संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग गरिएको कुराकानीमा आधारित । ई-कान्तिपुर