setoveda logo
४ वैशाख २०८३, शुक्रवार

डे वाइल्डद्वारा महिला फुटबल टोलीको मुख्य प्रशिक्षक बाट राजीनामा

साउन ४, २०८२, आइतवार

साउन ४ गते । बेल्जियन प्याट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। उज्वेकिस्तानमा‌ एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको अव्यवस्था छताछुल्ल भएको थियो।

ट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा

ट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा

उज्वेकिस्तानबाट झन्डै दुई साता अघि टोली स्वदेश फर्किएको थियो भने डे वाइल्ड स्वदेश फर्केका थिए। असार २५ गते टोलीका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मालेकु, व्यवस्था विन्द्रा देवान,सहायक प्रशिक्षक राजेन्द्र तामाङलगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै उज्वेकिस्तान विकसित घटनाक्रमको जिम्मेवार डे वाइल्ड रहेको आरोप लगाएका थिए।

त्यसको केहि दिनपछि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले उज्वेकिस्तानमा भएको घटनालगायतका विषयमा स्पष्टीकरण सोधेको थियो। उनलाई पत्रमा पुनः नेपाल फर्केर टोलीमा आबद्ध हुने नहुने जवाफ एक साता भित्र दिन पनि भनिएको थियो। उनले एक साता नपुग्दै एन्फालाई राजीनामा पठाएको स्रोतले जानकारी दियो। कान्तिपुर र द काठमाडौं पोष्टलाई दिएको अन्तर्वार्तामा डे वाइल्डले एन्फाको कमजोर व्यवस्थापन, खेलाडीमाथिको दबाबलगातका विषयमा बोलेपछि एन्फा नेतृत्व उनीसँग आक्रोशित रहँदै आएको थियो।‌

उनले उज्वेकिस्तानसँगको पेनाल्टी सुटआउटमा केही खेलाडी पेनाल्टी हान्न तयार नहुनु दबाबकै कारण भएको समेत बताएका थिए। उनले त्यति बेला आफू फर्केमा खेलाडीका‌ लागि मात्र फर्कने समेत बताएका थिए। एसियन कप छनोटमा लाओस विरुद्धको खेलमा सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तान‌ बनाउने विषयमा डे वाइल्ड र व्यवस्थापनबीच विवाद भएको थियो। -तस्बिर हाम्रो खेलकुद