फागुन २७ गते । युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा गएराति भएका खेलमा एट्लेटिको मड्रिड र बायर्न म्युनिख विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलेले टोटनहम हट्सपरलाई ५–२ गोलले हरायो । एट्लेटिकोका जुलयान अल्भारेजले २ तथा मार्कोस लोरेन्टे, एन्टोइन ग्रिजम्यान र रोबिन ले नर्मान्डले १र१ गोल गरे । टोटनहमका पेड्रो पोरो र डोमिनिक सोलान्केले गोल गरे ।
एथलेटिको मेड्रिड
यस्तै बायर्नले घरेलु टोली एटलान्टालाई ६–१ गोलले हरायो । बायर्नका माइकल ओलिसले २ तथा सर्ज ग्नाब्रे, जोसिप स्टानिसिक, निकोलस ज्याक्सन र जमाल मुसिलाले १र१ गोल गरे । एटलान्टाका मारियो पासालिकले गोल गरे । यस्तै गएराति नै भएको खेलमा घरेलु टोली न्युकासल बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकियो । न्युकासलका हार्भे बार्नेस र बार्सिलोनाका लामिन यामलले गोल गरे । यस्तै हिजो भएको पहिलो खेलमा घरेलु टोली गालातासारेले लिभरपुललाई १–० गोलले हरायो । गालातासारेका मारियो लेमिनालेले गोल गरे । च्याम्पियन्स लिगमा आर्सनल २४ अङ्कसहित शीर्ष, बायर्न २१ अङ्कसहित दोस्रो र लिभरपुल १८ अङ्कसहित तेस्रो स्थानमा छन् ।