setoveda logo
४ वैशाख २०८३, शुक्रवार

चर्च व्वाईज यूनाइटेड ललितपुर फाइनलमा

साउन २९, २०८२, बिहिवार
चर्च व्वाइज क्लब ललितपुर

चर्च व्वाइज क्लब ललितपुर

साउन २८ गते । चर्च व्वाइज क्लब ललितपुरले ट्राइब्रेकरमा द योङ ब्रदर्श क्लब इटहरीलाई हराउँदै ताप्लेजुङ गोल्डकपको फाइनल प्रवेश गरेको छ । सदरमुकामस्थित श्री भानु जन माध्यमिक विद्यालयको मैदानमा सम्पन्न खेलमा ३–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा १–१ गोलको बरावरीमा सकिएको थियो । वर्षातले मैदानमा खेल्न असजिलो भएपनि बाक्लो दर्शकको उपस्थितिमा दुवै टिमले स्तरीय खेल प्रदर्शन गरे ।

द योङ ब्रदर्श क्लब इटहरी

द योङ ब्रदर्श क्लब इटहरी

ट्राइब्रेकरमा ललितपुरका सुमन श्रेष्ठ,रोशन पहाडी र युवराज ढकालले गोल गरे । नवयुग श्रेष्ठ गोल गर्न चुके । इटहरीका निरोज खड्काले मात्र गोल गरे । विशाल तामाङ,निवास फुयेलको प्रहार ललितपुरका गोलरक्षक विश्वास चौधरीले उत्कृष्ट बचाउ गरे । युगन राईको प्रहार पोलमा ठोक्किएको थियो । उक्त खेलमा ललितपुरका सुमन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । नगद ७ हजारसहित ट्रफी र मेडल प्राप्त गरे । फुङलिङ नगरपालिका नगरउपप्रमूख भिमादेवी ओझाले पुरस्कार प्रदान गरे । म्यान अफ दि म्याच घोषित श्रेष्ठ ९३औं मिनेटमा गोल गरेर टिमलाई कमब्याक गराएका थिए । ट्राइब्रेकरमा पनि सुरुवाती प्रहार उनले नै गरे । उत्कृष्ट गोल समेत गरे । खेल अवधिभर रक्षापक्ति बलियो बनाएर खेल प्रदर्शन गरे ।

ललितपुरका म्यान अफ दि म्याच सुमन श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै फुङलिङ नगरपालिका उपप्रमूख भिमादेवी ओझा

ललितपुरका म्यान अफ दि म्याच सुमन श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै फुङलिङ नगरपालिका उपप्रमूख भिमादेवी ओझा

दोश्रो सेमिफाइनल खेल विहीबार हुँदैछ । रेड स्टार क्लब झापा र सहलेश युवा क्लब सिरहाबिच हुनेछ । खेल दिउँसो ३ बजे तय गरिएको छ ।