setoveda logo
४ वैशाख २०८३, शुक्रवार

चुनावमा भाग लिन दल दर्ताका लागि आज अन्तिम दिन: अहिलेसम्म ८० दल दर्ता

मंसिर १०, २०८२, बुधवार

मंसिर १० गते । निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ । आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि आज १० गतेसम्मका लागि तोकेको हो । त्यसअनुसार हिजोसम्म दर्ता भएका दलहरुको संख्या ८० वटा पुगेको छ । 

निर्वाचन आयोग

निर्वाचन आयोग

दल दर्ताको अवधि सकिनु एक दिनअघि हिजो एमालेले पनि प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि दल दर्ता गराएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको संख्या कांग्रेस, एमालेसहित ८० वटा पुगेको छ । दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन् ।