setoveda logo
४ वैशाख २०८३, शुक्रवार

चीनमा भएको सैन्य परेडबारे अमेरिका र युरोपियन युनियनको कडा प्रतिक्रिया

भदौ १८, २०८२, बुधवार

भदौ १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा भएको भव्य सैन्य परेडलाई प्रभावशाली तर योजनाबद्ध भन्दै प्रतिक्रिया दिएका दिनुभएको छ । आफूले सैन्य परेड हेरेको ट्रम्पले बताउनुभएको न्यूयोर्क टाईम्सले लेखेको छ । जापानमाथिको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा हिजो आयोजित परेडमा चिनियाँ सेनाले आफ्नो शक्तिशाली सैन्य क्षमता प्रदर्शन गरेको थियो । कार्यक्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले विभिन्न अमेरिका विरोधी मानिएका नेताहरूलाई अतिथि बनाउनुभएको थियो । उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति पुटिनबीच करिब दुई घण्टा लामो गोप्य वार्ता पनि भएको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

भेटमा पुटिनले किमलाई रूस भ्रमणका लागि निम्तो दिनुभएको छ । ट्रम्पले परेडमा यदि आफूलाई आमन्त्रण गरिएको भए पनि उपस्थित नहुने स्पष्ट पार्नुभएको खबरमा भनिएको छ । युरोपेली सङ्घ इयू का विदेश तथा सुरक्षा नीति प्रमुख काजा कल्लासले चीनको बेइजिङमा आयोजित सैन्य परेडमा देखिएका चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी नेतृत्व र उत्तर कोरियाली नेता किम जोङ उनलाई “स्वेच्छाचारी गठबन्धन” को प्रतीक भन्दै कडा आलोचना गर्नुभएको छ ।