setoveda logo
४ वैशाख २०८३, शुक्रवार

चीनको ‘विजय परेड’मा प्रधानमन्त्री ओलीको सहभागिताले चिढिन सक्छ जापान

भदौ १३, २०८२, शुक्रवार

भदौ १३ गते । प्रधानमन्त्री केपी शर्मा ओली १५ र १६ भदौमा चीनको त्यान्जिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएपछि १८ गते बेइजिङमा जापानी आक्रमण विरुद्ध विजयको ८०औं वार्षिकोत्सवको सैन्य परेडमा सहभागी हुँदैछन् । प्रधानमन्त्रीको यो निर्णयले नेपालको ठूलो विकास साझेदार मानिने जापानले कसरी लिन्छ भन्ने अहिले कूटनीतिक वृत्तमा चासो प्रकट भएको छ । नेपालको एउटा ठूलो विकास साझेदार मुलुकले चासो जनाइरहेको कार्यक्रममा ओलीको उपस्थितिले जापान चिढिनसक्ने चिन्ता प्रकट भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ समकक्षीसँग । तस्बिरः अनलाइनखबर 

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ समकक्षीसँग । तस्बिरः अनलाइनखबर 

जापानले यो परेडमा सहभागी नहुन यूरोपेली र एसियन मुलुकका सरकार प्रमुखहरुलाई कूटनीतिक रुपमा अनौपचारिक सन्देश पठाएका खबरहरु छन् । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा ३ सेप्टेम्बरमा हुने यो परेडमा ओली सहभागी हुने उल्लेख छ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने मुख्य उद्देश्य भए पनि ओली बेइजिङमा पुगेर दोस्रो विश्वयुद्धका क्रममा जापानको औपचारिक पराजयको सम्झनामा आयोजना हुने परेडमा समेत सहभागी हुन लागेका हुन् । नेपालको असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको देश हो ।