फागुन १८ गते । माछापोखरी हिटी क्बल चाँगेले साँघुमा सम्पन्न पुरुष फुटबलको उपाधि लगातार ३ वर्ष जितेको छ । चाँगेले शनिबार सम्पन्न फाइनलमा म्याङलुङ स्र्पोटिङ क्लब तेह्रथुमलाई २–१ गोलले पराजित गरेको हो । कुञ्जमान थापा र पुजन चौधरीले गोल गरे । उपविजेता टिमका विशाल काफ्लेले गोल गरे ।
जितसँगै चाँगेले नगद २ लाख ६१ हजार १ सय ११ रुपैयाँसहित २ तोला सुन,२ सय ५० तोला चादी जडित ३ वर्षे रनिङ कप प्राप्त गरेको हो । प्रथम पुरस्कारको नगद ताप्लेजुङ–साँघु समाज हङकङले प्रदान गरेको हो । आयोजक जलजले क्लबका अध्यक्ष रुपनारायण घिमिरेका अनुसार चाँगेले लगातार ३ वर्ष जितेकाले कप फर्काउने पर्ने छैन् । अब आयोजकले नयाँ कप जोहो गर्नुपर्नेभएको छ ।
उक्त कप विष्णुमाया फागो चोङवाङ,मनमाया फागो चोङवाङ,स्व. शुक्रराज फागो चोङवाङ,पहलमान फागो चोङवाङ,मन कुमारी फागो चोङवाङ,देवी माया फागो चोङवाङ,शान्ति माया फागो चोङवाङ र सिर्जना फागो चोङवाङले सौजन्य गरेका हुन् । यसैगरि उपविजेता तेह्रथुमले दोश्रो पुरस्कारवापत १ लाख ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । दोश्रो पुरस्कार प्रायोजक प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराई र साँघु समाज दक्षिण कोरिया रहेको छ । भट्टराईले १ लाख रुपैयाँ र ३१ हजार १ सय ११ रुपैयाँ साँघु समाज दक्षिण कोरियाले प्रदान गरेको हो ।
यसैबिच सर्वाधिक गोलकर्ता कुन्जमान थापा बने । माछापोखरी हिटी क्लब चाँँगेका थापाले प्रतियोगीताअवधिभर ४ गोल गरे । उनले ट्रफी मेडल प्रमाणपत्र र नगद ३ हजार प्राप्त गरे ।उपविजेता म्याङलुङ स्र्पोटिङ क्बल तेह्रथुमका प्रेम लिम्बु वेस्ट गोलकिपर बने । ट्रफी मेडल प्रमाणपत्र र नगद ३ हजार रुपैयाँ प्राप्त गरे । चाँगेका अशोक खवास सर्वोत्कृष्ट खेलाडी घोषित भए । ट्रफी मेडल प्रमाणपत्र र नगद ३ हजार हात पारे ।
विद्यागत पुरस्कार प्रायोजक स्व. शुक्रराज फागो चोङवाङ स्मृती अक्षयकोषबाट प्रदान गरिएको हो । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको प्रमूख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष वनेमसहित उपाध्यक्ष कमल कुमारी लिम्बु, वडा नं.–३ अध्यक्ष खगेन्द्र थत्लुङ,गाउँपालिका प्रवक्ता तथा वडा नं.– १ अध्यक्ष चन्द्र तामाङ साथै पुरस्कार सौजन्यकर्ता परिवारका तर्फबाट पहलमान चोङवाङ र नन्द कुमार फागो चोङवाङ लगायतको उपस्थिति थियो ।
प्रमूख अतिथि वनेमसहित अतिथिले पुरस्कार वितरण गरे । प्रतियोगीता सञ्चालन गर्न एन्फा रेफ्री राजु थापा (इलाम),गंभिरहाङ नेम्वाङ (पाँचथर) र ताप्लेजुङका दिपेश आङवुहाङ, विपुल दाहाल, सन्त लिम्बु,दिवस चोङवाङ थिए ।
‘रघुनाथ–छत्रमाया (रछ) मेमोरियल आमन्त्रित पुरुष फुटबल प्रतियोगीता’ नामले आयोजना गरेको हो । यो छैटौ संस्कारण हो । यसपटक ८ टिम सहभागी थिए । महाशिवरात्री पर्वको अवसरमा फागुन १३–१७ गतेसम्म प्रतियोगीता आयोजना भएको हो ।