setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बसन्तपुर–गुफा–ढुङेसाँघ–दोभान सडक स्तरोन्नती गर्न २५ करोड

चैत २, २०८१, शनिवार

चैत २ गते । ताप्लेजुङलाई तराई जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत बसन्तपुर–गुफा–ढुङेसाँघ–दोभान सडकमा चालु आ.व.२०८१÷८२ मा काम गर्नेगरि २५ करोड रुपैयाँ व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले फागुन २३ गते पत्रमामार्फत मन्त्रालयका सचिवलाई रकम व्यवस्थापनसहित काम गर्न निर्देशन दिएका हुन् । ताप्लेजुङस्थित सडक कार्यालयबाटै काम गर्नेगरि बजेट विनियोजन गर्न मन्त्री दाहालले निर्देशन दिएका हुन् । मेची राजमार्ग र तमोर करिडोर सडकमा समस्या हुँदा वैकल्पिक सडकको रुपमा बसन्तपुर–गुफा–ढुङेसाँघ–दोभान सडक प्रयोग हुने भन्दै सडक महत्वबारे पत्रमा उल्लेख गरेका छन् । प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले मन्त्री र मन्त्रालयलाई समन्वय गरि बजेट व्यवस्थापन गर्न माग गरेका थिए । आ.व. २०८२÷८३ मा बजेट विनियोजन गर्दा बजेटको आकार बढाउन पूर्व मन्त्री भट्टराईले माग गरेका छन् ।