setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बैसाखमा याम्फुदिनस्थित नयाँ झोरेनीमा सिरिजङ्घा पर्यटन महोत्सव

चैत ६, २०८१, बुधवार

चैत ६ गते । जिल्लाको याम्फुदिनस्थित नयाँ झोरेनीमा बैसाखमा ‘सिरिजङ्घा पर्यटन महोत्सव २०८२’ हुने भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको नयाँ झोरेनी (३,७०७ मी.) मा बैसाख १३, १४ र १५ गते महोत्सव हुने बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानका अनुसार बैसाख ५ गतेदेखि १३ गतेसम्म जलवायू परिवर्तनको असरबारे अध्यन तथा साहसिक पदमार्गको अनुगमन र अवलोकन कार्यक्रम समावेश गरिएको छ । अध्यक्ष चौहानले भने,‘पृथ्वी साझा घर हो । हिमाल फेदतिरको अवस्था बुझ्न जरुरी छ । त्यही भएर जलवायू परिवर्तनको असर प्रत्यक्ष अवलोकन कार्यक्रम समावेश गरेका छौ ।’ जनप्रतिनिधि,कर्मचारी र स्थानियबाहेक जलवायू परिवर्तन सम्बन्धि अध्यन अनुसन्धानमा संलग्न व्यक्तित्वहरु सहभागी हुने भएका छन् । हिमाल र हिमाली जीव–जन्तु तथा पंछिको जीवन रक्षा र प्राकृतिक सुन्दरताको संरक्षणगर्दै विकासको मोडल अपनाएको दृश्य देखाउनु गाउँपालिकाको उदेश्य हो ।

महोत्सवले कंञ्चनजङ्घा क्षेत्रको पर्यटन प्रबद्र्धन तथा साहसिक पदमार्गको अनुगमन र प्रचारमा सहयोग पुग्ने अपेक्षा गरेको छ । कंञ्चनजंङघा हिमाल (८,५८६मी.) नेपालको दोश्रो र विश्वको तेश्रो हिमाल हो । संघिय सरकारसँगको साझेदारीमा गाउँपालिकाले ५ करोड खर्चिएर बनाएको पैदलमार्ग पर्यटकका लागि निकै सहज बनेको छ । पैदलमार्ग राम्रो र हिड्न सजिलो बनेकाले आन्तरिक र वाह्य पर्यटक याम्फुदिनतिरबाट कंञ्चनङ्घा हिमाल प्रस्थान गर्न रुची राख्न थालेका छन् । अन्नबालीको खेतीपाती नहुने हिमाल फेदतिरको पशुपालन व्यवसाय अवलोकन गर्ने अर्को अवसर हो । किनकी चौरी,फम्जो तथा याक प्रदर्शनीमा राखिने भएको छ । हिमाली जडिबुटी खाएको चौरीगाईँको छुर्पी र घिउ खरिद गर्न सम्भव छ । माउन्टेन साइकिलिङ र प्याराग्लाईडिङ महोत्सवको आकर्षण हो । स्थानिय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती समावेश छ । खुल्ला हाफ म्याराथन प्रतियोगीता मुख्य आकर्षण छ । प्रथम पुरस्कार २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ छ । दोश्रो पुरस्कार १ लाख ८ हजार ५ सय रहेको छ ।

गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले भने, ‘माउन्टेन साइकिलिङ र प्याराग्लाईडिङको व्यवसायिकता अध्यन पनि हुन्छ । प्रकृतीले साथ दिएको ठाउँमा अध्यन अनुसन्धानसहित व्यवस्थापन सम्भव असम्भव अध्यन हुुनु जरुरी थियो ।’ धेरै उचाईमा महोत्सव हुने भएकाले चुनौतीपूर्ण छ । गाउँपालिका उपाध्यक्ष माबोले थपे,‘करिब ५२ लाख खर्च अनुमान छ । ३७ लाख व्यवस्थापन गरेका छौ । बाँकी रकम जोहो हुन्छ ।’ यदपी कम खर्चमा कसरी गर्न सकिन्छ भन्नेमा सजग रहेको गाउँपालिकाले जनाएको छ । महोत्सवको मुख्य उदेश्य पर्यटन प्रबद्र्धन हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज खेल प्रसाद बुढाक्षेत्रीले (पराग) महोत्सव पालिका र जिल्लाको प्रतिष्ठाको विषय भएको बताए । बुढाक्षेत्रीले भने,‘तयारीको समय सुविधा अझै छ । यहि स्पिडमा गर्न सके भव्य गर्न सम्भव छ ।’ नेपाली काग्रेस पाटीका सभापति गजेन्द्र प्रसाद तुम्याङले स्वास्थका दृश्टिकोणले पनि गाह्रो पर्ने भएकाले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक ईन्जिनियर बीरेन्द्र श्रेष्ठले महोत्सवले जलवायू परिवर्तनको विषय समावेश गरेकोमा खूसी व्यक्त गरे । कंञ्चनजंङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सदस्यसचिव मन कुमार राईले लेलेपमा हुने महोत्सव र याम्फुदिनमा हुने महोत्सव पर्यटन प्रबद्र्धनका लागि भएको बताए । नेकपा एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ,नागरिक उन्मुक्ती पार्टीका इन्दिरा मेन्याङबो,जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार लिम्बु (गणेश), प्रमूख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बे र नेपाल पत्रकार महासँघ अध्यक्ष सुवास आचार्य लगायत स्थानिय र पत्रकारको सहभागीता थियो ।