ताप्लेजुङ रास्वपा नेता सविन बानियाँ
फागुन १४ गते । ताप्लेजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष उम्मेदवार हुन्,–ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठ । समानुपातिक सूचीमा छन्, निर्मला खिम्दिङ लिम्बु (मीरा) र हिमाल आरोही मिङ्मा डेबिट शेर्पा । चुनावी वहस कार्यक्रम ताप्लेजुङका तीन वटै रेडियोबाट प्रसारण हुन्छ । हरेक दिन विहान ७ः १५ बजेदेखि ८ बजेसम्म प्रसारण हुन्छ । विहिबार विहानको वहस कार्यक्रममा सहभागी थिए,–उज्यालो पार्टीका उम्मेदवार कृर्तीमान मादेन ,श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राई र रास्वपा नेता सविन बानियाँ । बानियाँलाई बहसमा सोधिएको प्रश्न थियो,–‘ताप्लेजुङमा रास्वपाले जित्छ ?’ बानियाँले जवाफ दिए,‘जित्छ । मतदान भएको ५४ प्रतिशत मत प्राप्त गर्छौ ।’ जित्ने आधार के हो भन्ने जिज्ञासामा बानियाँले थपे,‘ताप्लेजुङका थुप्रै यूवा विदेशमा छन् । तीमध्ये ४ हजार युवाले घरमा फोन गरेर भनेका छन्,‘घण्टीमा’ मत दिनु ।’ हरेक गाउँ गाउँमा रास्वामा आबद्ध नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । बानियाँले भने,‘हामी जित नजिक छौ । हार कल्पना गरेका छैनौ ।’
उज्यालो पार्टीका उम्मेदवार कृर्तीमान मादेन,श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राई र रास्वपा नेता सविन बानियाँ
उनले थपे,‘नयाँ पुराना सबै प्रतिस्पर्धी हौ । बलियो प्रतिस्पर्धी रास्वपा नै हो । नयाँ र पुरानासँग लड्ने बलियो प्रतिस्पर्धी हो ।’ एउटै मञ्चमा रवि लामिछाने,कुलमान घिसिङ र हर्क साम्पाङ देख्न चाहेका थियौ । दुर्भाग्य एकै ठाउँमा पाउन सकेनौ । रास्वपाले विगतमा २० सिट हासिँल गरेको स्मरण गराउँदै भदौ २३ र २४ जेन्जी विद्रोहको स्वामित्व र अपनत्व लिन रास्वपा चुनावी मैदानमा छ । बानियाँले थपे,‘जनतामा परिवर्तनको हुटहुटी पायौ । सत्तादोहनबाट निराश भएका जनतालाई खूसी ल्याउनु हाम्रो दायित्व हो । रास्वपाले आशा जगाएको छ ।’ युवा र जनता निराश भए देश ओरालो लाग्ने रास्वपाको बुझाई छ ।
उनले भने,‘नयाँ पुराना सबै प्रतिस्पर्धी हौ । बलियो प्रतिस्पर्धी रास्वपा नै हो । नयाँ र पुरानासँग लड्ने बलियो प्रतिस्पर्धी हो ।’ एउटै मञ्चमा रवि लामिछाने,कुलमान घिसिङ र हर्क साम्पाङ देख्न चाहेका थियौ । दुर्भाग्य एकै ठाउँमा पाउन सकेनौ । रास्वपाको उदय विकासको देश हेर्न र विश्वको औद्योगिक क्रान्तिमा नेपाललाई उभ्याउनका लागि हो । बानियाँले भने,‘देशको सिस्टममै भ्रष्टचार छ । कृषि,शिक्षा,पर्यटन,स्वास्थ्य सबै क्षेत्रमा भ्रष्टचार छ ।’ अलैची उत्पादन छ तर राम्रो बजार छैन् । उनले भने,‘सिचाई व्यवस्था गर्नुपर्छ । बजार व्यवस्थापन र अलैची तथा नगदेवाली नश्ल सुधार गरेर विउ दिनुपर्छ ।’ अलैची मूल्य प्रतिमन १ लाख बढि हुनुपर्छ । कृषकको हातमा कर्जा छैन् । अनुदान पाउनबाट बञ्चित छन् ।