setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बङ्गलादेशका विद्यार्थी नेताको निधनबारे निष्पक्ष छानविन गर्न राष्ट्रसङ्घ मानवअधिकार प्रमुखको माग

पुष ५, २०८२, शनिवार
राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्क

राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्क

पुष ५ गते । राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले बङ्कलादेशका चर्चित युवा नेता शरीफ उस्मान हादीको निधनबारे तत्काल निष्पक्ष र पारदर्शी छानबिनको माग गर्नुभएको छ । इन्कलाब मञ्चका प्रवक्ता समेत रहेका हादीको निधनपछि बङ्गलादेशमा हिंसात्मक प्रदर्शन भइरहेको छ । गएको वर्ष ढाकामा गोली लागेर गम्भीर घाइते हादीको सिङ्गापुरमा अस्ति उपचारका क्रममा निधन भएको हो ।

हादीको निधनपछि राजधानी ढाकासहित विभिन्न शहरमा विरोध प्रदर्शनहरु चर्किएको छ । प्रदर्शनकारीहरूले शाहबाग चोक अवरुद्ध गरेका छन् भने प्रोथोम आलो र डेली स्टार जस्ता प्रमुख सञ्चारमाध्यमका कार्यालयमा तोडफोड र आगजनी गरेका भारतीय सञ्चार माध्यम हिन्दुस्टान टाइम्सले जनाएको छ ।

यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै सम्पादकहरूले निन्दा गरेका छन् । भारतको कूटनीतिक मिसन नजिक पनि प्रदर्शन भएका कारण सुरक्षा कडा पारिएको छ र भारतीय अधिकारीहरू सुरक्षित रहेको खबरमा उल्लेख छ ।