setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बालेनले सार्वजनिक गरे नयाँ गीत

चैत १३, २०८२, शुक्रवार
बालेन शाह

बालेन शाह

चैत १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन शाहले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा भिडिओ राख्दै उनले भनेका छन्- ‘जय महाकाली सङ आउट नाउ’

गीतले शक्ति, विद्रोह, र अन्याय विरूद्धको आवाज व्यक्त गर्न खोजेको देखिन्छ। उनले गीतमार्फत् समाजमा भइरहेको भ्रष्टाचार, राजनीति, र बेथितिको आलोचना गरेका छन्। यस्तै युवालाई चुप नबस्न र आवाज उठाउन प्रेरित गरेका छन्।