काग्रेस केन्द्रिय सदस्य लीलादेवी बोखिम र एमाले केन्द्रिय सदस्य तिल कुमार मेन्याङबो
फागुन १० गते । ताप्लेजुङका तीन वटै रेडियोबाट प्रसारण हुनेगरि शनिबार विहान चुनावी बहस चल्यो । सहभागी थिए, काग्रेस केन्द्रिय सदस्य लीलादेवी बोखिम र एमाले केन्द्रिय सदस्य तिल कुमार मेन्याङबो । पत्रकार आनन्द गौतमले मेन्याङबोलाई प्रश्न सोधे,‘ताप्लेजुङमा एमालेको अवस्था के हो ?’ मेन्याङबोले जवाफ दिए,‘ताप्लेजुङमा काग्रेस दोश्रो नै हो । तर मुख्य प्रतिस्पर्धी पनि काग्रेस नै हो ।’ गौतमले काग्रेस दोश्रो नै हो भन्ने प्रश्नमा बोखिमले भनिन्,‘ढुक्क हुनुहोस्,प्रतिनिधिसभामा गजेन्द्र तुम्याङ ताप्लेजुङको आवाज हो । १४ दिन जति कुरौ ।’
काग्रेस केन्द्रिय सदस्य लीलादेवी बोखिम
मेन्याङबोका अनुसार चुनावको परिणाम आउनुपूर्व हार्छु कसैले भन्दैन् । उनले थपे,‘सबैले जित्छौ नै भन्छन् । एमालेको ६१ वटै वडामा संगठन छ । हजारौ कार्यकर्ता क्रियाशिल छन् ।’ मेन्याङबोले थपे,‘चुनाव जित्नेमा शंका छैन् । कति मतले जित्ने भन्ने मात्र हो । किनकी सबैभन्दा कान्छो उम्मेद्वार क्षितिज थेबे नै हो ।’ जेन्जीको माग यूवालाई रोज्ने हो भने थेबेलाई नै मत दिनुपर्ने मेन्याङको तर्क छ ।
एमाले केन्द्रिय सदस्य तिल कुमार मेन्याङबो
जित्ने आधार के हो भन्ने जिज्ञासमा बोखिमले भनिन्,‘हाम्रो उम्मेदवार जन्ती मलामी गरेर बसेका व्यक्ति हुन् । जनताको सुख दुःखमा उपलब्ध छन् । गजेन्द्र जीलाई जनताको आवाज बनाएर प्रतिनिधिसभा पठाउन ताप्लेजुङबासी आतुर छन् ।’ बोखिमले भनिन,‘काग्रेस बदल्यौ, देश बदल्छौ भन्ने नारा छ । हाम्रो नेतृत्व मुखले होइन, व्यवहारमा लागू गर्ने अनुहार हो ।’ जबसम्म नेतृत्व परिवर्तन हुँदैन् तबसम्म देशमा विकासको परिवर्तन देख्न मुश्किल छ । काग्रेस नयाँ जोश र पुराना तर परिपक्क अनुहारले भरिएको नेतृत्वले नेतृत्व गरेको पार्टी हो । मेन्याङ्बोले पुनः भने,‘जित्ने एमालेले नै हो । लीला जीलाई पनि थाहा छ । तर अर्को पार्टीले जित्छ भन्नु हुँदैन् । जुन राजनीतिक धर्म हो ।’ बोखिमका अनुसार ताप्लेजुङमा काग्रेस कार्यकर्तामा उत्साह छ । बोखिमले थपिन्,‘ताप्लेजुङ मात्र होइन । देशभर बहुमत ल्याउने हैसियतमा छ । काग्रेस विजय जुलस गर्न तयार छ ।’ मेन्याङबो र बोखिमले आ–आफ्नो पार्टीले जित्ने दावी गरे । पत्रकार गौतमले प्रश्नको विट मार्दै भने,‘दुवैलाई बधाई छ । किनकी दुवैले जित्यौ भनिसक्नुभयो ।’
विस्तृत कुराकानी रेडियो ताप्लेजुङको फेसबुक पेजमा गएर सुन्नसक्नुहुन्छ ।