setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बैंकमा ९ सय अर्ब छ, सरकारले कता परिचालन गर्ने सोचेर वातावरण बनाउनुपर्छ: गभर्नर

चैत ८, २०८२, आइतवार

चैत ७ गते । अहिले बैंकहरूमा भएको नौ सय अर्ब रूपैयाँ त्यसै थन्किएको र यसलाई कुन क्षेत्रमा परिचालन गर्ने सरकारले सोच्नुपर्ने गभर्नर विश्वनाथ पौडेलले बताएका छन्। नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकारहरूका लागि आयोजना गरेको कार्यक्रममा गभर्नर पौडेलले यस्तो बताएका हुन्।

गभर्नर विश्वनाथ पौडेल

गभर्नर विश्वनाथ पौडेल

अहिले बैंकहरूले राष्ट्र बैंकमा नौ सय अर्ब पैसा पार्क गरिरहेका छन्, हामीले निश्चित प्रतिशत ब्याजदर दिएर त्यसको व्यवस्थापन गरिरहेका छौं, गभर्नर पौडेले भने,-सरकारले कुन क्षेत्रमा यो पुँजी बगाउने (परिचालन) गर्ने भन्ने उद्देश्यले वातावरण बनाउनु पर्छ।

यसअघि सरकारले जलविद्युत क्षेत्रमा कर छुट लगायतका व्यवस्था गरिदिएको कारण नै अहिले यो क्षेत्र बढेको स्मरण गराउॅंदै अब पनि त्यस्तै केही क्षेत्र पहिचान गरेर सरकार अगाडि बढ्नुपर्ने बताए। उनले अब आउने सरकारले यस विषयमा केही न कही सोच बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।