setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ

कार्तिक १९, २०८२, बुधवार

कार्तिक १९ गते । एमाले नेता तथा संविधानसभा सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको हो । उनी एमाले केन्द्रीय कमिटी सदस्य हुन् । बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

एमाले नेता तथा संविधानसभा सदस्य पासाङ शेर्पा

एमाले नेता तथा संविधानसभा सदस्य पासाङ शेर्पा

जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । तर उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो । आदिवासी जनजाति आन्दोलनमा समेत सक्रिय रहेका शेर्पा मिक्वाखोला-५, ताप्लेजुङका हुन् ।