२०४३ साल जेठ २८ गते वाणिज्य मन्त्री विजय प्रकाश थेबेद्धारा उद्घाटन गरिएको सामुदायिक भवन ।
कार्तिक १९ गते । जिल्ला सदरमुकामस्थित सामुदायिक भवन (सिटीहल) सोमबारदेखि भत्काउन सुरु गरेको छ । बुहउदेश्यिय भवन निर्माणका लागि पुरानो भवन र जिल्ला समन्वय समितिका प्रमूख र उपप्रमूखको आवास कक्ष भत्काउन सुरु गरेको हो । केवी जेएनएस जेभी भक्तपुरले ३ करोड २५ लाख १८ हजार लागतमा ठेक्का पारेर काम सुरु गरेको हो । निर्माण कम्पनीका प्रतिनिधि टंक खतिवडाका अनुसार २०८३ असारमा सम्पन्न गर्नुपर्ने संम्झौता छ । खतिवडाका अनुसार २०८२ असार १९ गते भवन निर्माण संम्झौता भएको थियो । भवनको डीपीआर अनुसार कम्तीमा ५ सय जना अटाउन सक्ने क्षमताको छ । संम्झौताअनुसार भत्काएको सामान १ किलोमिटर भित्र व्यवस्थापन गर्ने दायित्व छ । संम्झौताअनुसार पहिलो तला तयार गर्ने मात्र हो । त्यसपछि पुनः बजेट सुनिश्चित गरेर बाँकी कामका लागि ठेक्का आव्हान हुन्छ । जिल्ला समन्वय समिति प्रमूख छिरिङ लामाका अनुसार थप बजेट कामको प्रगतीअनुसार माग गर्नुपर्ने हुन्छ । भवनको मुनि तलामा पार्किङ व्यवस्था छ । भवन भत्काएपछिको सामान लिलाम विक्री गर्ने जिल्ला समन्वय समितिले जनाएको छ ।