ताप्लेजुङको मौसम
चैत १२ गते । विहिबार विहानैदेखि ताप्लेजुङको मौसम धुम्मिएको छ । छिटफुट पानी परेको छ । गएराती भने सामान्य वर्षा भएको छ । यो साताको अन्तिममा पश्चिमी वायु पुनस् सक्रिय हुने सम्भावना देखिएको छ । त्यसको प्रभावले हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण छ । मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले अहिलको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्मै वर्षा हुने सम्भावना देखाएका छन् । तर पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम प्रभाव पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले पनि आगामी शुक्रबार र शनिबार पानी पर्ने प्रक्षेपण गरेका छन् । विभागका वरिष्ठ मौसमविद बरुण पौडेलले काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताए । यसअघि चैत ६ र ७ गते काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा हावाहुरी र असिनासहित पानी परेको थियो । हिमाली जिल्लाहरुमा हिमपात भएको थियो । वर्षाले खेतीपातीमा संलग्न किसानहरुका लाई राहत भए पनि असिना र हुरीले भने मर्कामा पारेको थियो ।ताजा उपग्रह तस्विरमा भारत र आसपासका क्षेत्रहरूमा पानी पार्ने बादलको बाक्लो तह देखिन्छ । त्यसको असर नेपालमा पनि पर्ने सम्भावना छ ।
ताप्लेजुङको मौसम
हल्कादेखि मध्यम वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका मौसमविद बिनु महर्जन विहीबारदेखि नै त्यसको असरको संकेत देखिन थाल्ने बताउँछिन् । ‘शुक्रबार र शनिबार पानी पर्ने सम्भावना छ । त्यसको संकेत विहीबारदेखि नै देखिन थाल्छ,’ महर्जनले बुधबार दिउँसो कुराकानीमा भनेकी थिइन् । उनका अनुसार शुक्रबार र शनिबार धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । -अनलाइनखबर