कात्तिक १५ गते । भारतको आन्ध्र प्रदेशमा रहेको वेंकटेश्वर मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा नौ जनाको ज्यान गएको छ । मन्दिरमा भक्तहरूको भीडभाडको बीचमा भगदौड हुदाँ नौ जना तीर्थयात्रीको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।
तस्बिर: एजेन्सी
प्रधानमन्त्री नरेन्द्र मोदीले भाग दौडमा आफ्ना प्रियजनहरू गुमाउनेहरू प्रति समवेदना व्यक्त गर्नुभएको छ । भारतमा भागदौडमा ज्यान गुमाउने घटना धेरै हुने गरेका छन् । अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भेला भएका भत्तहरुको बिचमा भागदौड मच्चिदा छ जना र जनवरीमा, उत्तरी शहर प्रयागराजको हिन्दू मेगा पर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको ज्यान गएको थियो । यस्तै सेप्टेम्बरमा, तमिलनाडु राज्यमा चुनावी र्यालीमा भागदौड हुँदा कम्तीमा ३६ जनाको ज्यान गएको थियो ।