setoveda logo
४ वैशाख २०८३, शुक्रवार

भारत हुँदै खाडी लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै

साउन २३, २०८२, शुक्रवार

साउन २३ गते । भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्‍याइएका उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।

भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार

भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार

उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो ।उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।