चैत २१ गते । भुमी समस्या समाधान आयोग ताप्लेजुङको सदस्यमा लक्ष्मी प्रसाद भटराई नियूक्त भएका छन् । उनले बुधबार सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिसँगै रहेको आयोगको कार्यालयमा अध्यक्ष कृष्ण प्रसाद बस्नेतले सदस्य भटराईलाई सपथ ग्रहण गराएका हुन् । अध्यक्ष बस्नेतले यसअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सपथ ग्रहण गरेका थिए। सदस्यद्धय मीना कुमारी केदेम,सन्तोष चाम्लिङले यसअघि नै सपथ ग्रहण गरेर कार्यसम्पादन सुरु गरेका छन् ।
सरकारले गत पुष २१ गते ताप्लेजुङका सहित २३ ओटा जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्त गरेको थियो । बस्नेतले अध्यक्षमा निरन्तरता पाएका हुन् । समितिका पदाधिकारीले ९ वटा स्थानिय तहमा काम गर्ने गरि कार्य विभाजन समेत गरेका छन् । नापी कार्यालय प्रमूख तथा आयोगका सदस्य सचिव रजिता श्रेष्ठले अध्यक्षसहित सदस्यहरुले कामलाई तिब्रता दिने बताए ।