setoveda logo
४ वैशाख २०८३, शुक्रवार

भिजिट भिसा प्रकरणमा विपक्षी दलको अडान कायमै स् प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जेठ २१, २०८२, बुधवार

जेष्ठ २१ गते । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ । बुधबार पनि बैठक नै नबसी बिहीबारसम्मका लागि स्थगित गरिएको छ । १ बजेका लागि बोलाइएको बैठक केही बेरअघि संघीय संसद् सचिवालयले सूचना टाँस गरेर ३:१५ बजेका लागि सारिएको बताएको थियो । तर उक्त समयमा पनि बैठक नबसेपछि संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको जनाएको छ ।

संघिय संसद भवन

संघिय संसद भवन

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौथो बैठक अवरुद्ध भएको हो । यसअघि जेठ १३ र १४ का लागि बोलाइएका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए । त्यस्तै भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार पनि अवरुद्ध भएको थियो । मंगलबारको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग थियो ।

तर, सत्तारूढ एमाले र कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने पुराने अडान दोहोर्‍याएका छन् । बुधबार दिउँसो संसद् भवनमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीले पुरानै अडान यथावत रहेको बताएको हो।

बैठकमा सहभागी माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकार पक्ष गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउन दुवैमा तयार नभएपछि सहमति नभएको बताउँछन् । उनले भने, ुसरकारले यी दुवै कुरा नगरी सदन मात्र खुलाउने कुरा गरेपछि सहमति हुन सकेन । हामीले छानबिन समितिलाई सघाउन गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भनेका हौँ । हाम्रो मुख्य मुद्दा भनेको भिजिट भिसा सेटिङको स्वतन्त्र छानबिन होस् भन्ने हो ।ु सरकार यी माग पूरा गर्न तयार नभए सदनमा अवरोध जारी रहने पनि पाण्डेले बताए । ई कान्तिपुर