setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बंगलादेशमा ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने

कार्तिक १८, २०८२, मङ्गलवार

कार्तिक १८ गते । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ। तर हाल उनको स्वास्थ्य निकै कमजोर रहेको बताइन्छ ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया

सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी थिइन् । तीन पटक बङ्गलादेश सरकारको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन् । हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा हसिनाका छोरा तारिक रहमान (तारिक जिया) लाई उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

५९ वर्षीय तारिक रहमान (तारिक जिया) सन् २००८ देखि बेलायतमा बस्दै आएका छन्। हसिनाको पतनपछि रहमानलाई उनीविरुद्धको गम्भीर आरोपबाट मुक्त गरिएको छ। दशकौँदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ’ब्याटल अफ द बेगम्स’ भनिन्छ ।