साउन ७ गते । बंगलादेशले पाहुना टोली पाकिस्तानसँगको टि ट्वान्टी आई सिरिज जितेको छ । मंगलवार दोस्रो टि ट्वान्टी आई खेलमा ८ रनको जित निकाल्दै बंगलादेशले ३ टि ट्वान्टी आई सिरिज जितेको हो । १ सय ३४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान १९।२ ओभरमा १ सय २५ रनमा समेटियो । पाकिस्तानका लागि फहिम असरफले अर्धशतक बनाए। अन्य ब्याटर नचल्दा जित निकाल्न सकेन । असरफले ३२ बलको सामना गरेर ४ चौका र ४ छक्काको सहयोगमा ५१ रन जोडे ।
बंगलादेश
टोलीको ३० रन जोडेर ६ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका असरफ टोलीको स्कोर १ सय २१ रन बनाउँदा आउट भए । अब्बास अफ्रदी १९, अहमद धानियाल १७ तथा खुशदिल शाह १३ रनमा आउट भए । पाकिस्तानका माथिल्ला क्रमका ब्याटर पूर्णरुपमा असफल रहँदा टोली पराजित भयो। बंगलादेशका लागि सरिफुल इस्लामले ३, मेहेदी हसनले २ तथा मुस्ताफिजुर रहमान र रिश्हाद होसैनले समान १ विकेट लिए ।
त्यसअघि शेरे बंग्ला क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित २० ओभरमा १ सय ३३ रनमा समेटियो । बंगलादेशका लागि जाकिर अलिले अर्धशतक बनाए । अलिले ४८ बल खेल्दै १ चौका र ५ छक्काका प्रहार गरे । मेहिदी हसन ३३ र प्रभेज होसैन १३ रनमा आउट भए । पाकिस्तानका लागि सलमान मिर्जा, अहमद धानीयाल, अब्बास अफ्रिदीले समान २ तथा फहिम असरफ र मोहम्मद नवाजले समान १ विकेट लिए । अन्तिम टेस्ट अघि बंगलादेशले सिरिजमा २-० ले अग्रता बनाएको छ।