setoveda logo
२० जेठ २०८३, बुधवार

अध्यक्ष ओली पक्राउ परेलगत्तै एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

चैत १४, २०८२, शनिवार
अध्यक्ष केपी शर्मा ओली पक्राउ

अध्यक्ष केपी शर्मा ओली पक्राउ

चैत १४ गते । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो । सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए । बालेन्द्र सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए । प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि ओलीलाई आज बिहानै गुण्डुबाट गिरफ्तार गरेको छ ।