setoveda logo
३ साउन २०८३, आइतवार

अप्ठ्यारोमा परेका बेला पार्टीभित्र समस्या सिर्जना गर्न खोज्नु उपयुक्त होइन–ओली

चैत १३, २०८२, शुक्रवार

चैत १३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिकूल अवस्था वा अप्ठ्यारोमा परेका बेला पार्टीभित्रैबाट अनेक प्रकारका समस्या सिर्जना गर्ने खालका प्रवृत्तिहरू उपयुक्त नभएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधि सभाका र राष्ट्रिय सभाका सदस्यहरूलाई सम्बोधन गर्दै पार्टीभित्र एकता कायम गर्नुपर्ने धारणा राखेका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

‘हामी भ्रम फैलाउने होइन, जनतालाई सचेत पार्ने काम गर्नुपर्छ। यस काममा हामी चुक्नुहुँदैन। जनतालाई सचेत पार्न हामी चुक्नुहुँदैन। यसका लागि हामी एकताबद्ध र एकढिक्का भएर अगाडि बढ्नुपर्दछ। जतिबेला पार्टी प्रतिकूल अवस्था वा अप्ठ्यारोमा हुन्छ, त्यतिबेला पार्टीभित्रैबाट अनेक प्रकारका समस्या सिर्जना गर्ने खालका प्रवृत्तिहरू उपयुक्त हुँदै होइनन्, हुनै सक्दैनन्,’ उनले भने।