अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिद्धारा शुक्रबार आयोजित पत्रकार सम्मेलन
असार २७ गते । जिल्लास्थित २८५ मेगावट क्षमताको अपर तमोर हाइड्रोपावर आयोजना कुनै हालतमा निर्माण गर्न नहुने अडान यथावत रहेको समितिले जनाएको छ । अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजना निर्माण हुन नदिने अडान पुनः सार्वजनिक गरेको छ । समितिका संयोजक विरबल लिङ्खिमले आयोजना निर्माणको काम जवरजस्ती अगाडी बढाए दुर्घटना हुने चेतावनी समेत दिए । लिङखिमले भने,‘पछिल्लो समय दुई पटक छलफल भयो । तर हाम्रो माग समाधान भएको छैन् ।’ जिल्ला प्रशासन कार्यालयमा असार २३ गते र २७ गते छलफल भएको थियो ।
अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिको विज्ञप्ति
समितिका सदस्य श्री लिङ्खिमका अनुसार आयोजनाले लिम्बु समुदायको मुन्धुमी,सांस्कृतिक र प्राकृतिक तथा मानव समुदायको समुदायको सभ्यताको केन्द्रलाई ध्वस्त बनाउनेगरिको छ । समितिले निर्माणको काम रोकेर उच्च स्तरीय समिति गठन गरि समाधान खोज्न आग्रह गरेको छ । तमोर इनर्जी प्रालि मुख्य प्रवर्द्धक रहेको आयोजना ‘अर्ध जलाशययुक्त’ हुने प्रबर्द्धक कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत ५५ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको आयोजनाले बताएको छ । बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० र स्वपुँजी ३० प्रतिशत रहने बताइएको छ ।