setoveda logo
४ वैशाख २०८३, शुक्रवार

अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप : उपाधि झापा कि धरानले जित्ला ?

मंसिर २९, २०८२, सोमवार
न्यू स्टार क्बल झापा र मरिक एफसी धरान

न्यू स्टार क्बल झापा र मरिक एफसी धरान

मंसिर २९ गते । न्यू स्टार क्बल झापा र मरिक एफसी धरानले तेल्लोकमा जारी ‘अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला २०८२’ (पाँचौ संस्करण) को उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल खेल दिउँसो २ बजे हुने भएको छ । झापाले तेह्रथुमको म्याङलुङ स्र्पोटिङ क्लबमाथि १–० को कठिन जित निकाल्दै उपाधिका लागि धरानसँगको भेट पक्का गरेको हो । झापाको जितमा विदेशी खेलाडी रिचार्ड विल्सनले निर्णायक गोल गरे । विल्सनले खेलको ६६ मिनेटमा गोल गरे । खेलको प्लेयर अफ दि म्याच घोषित विल्सनले नगद २ हजार ५ सय प्राप्त गरे । आयोजक तेल्लोक स्र्पोटिङ क्लबलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले फाइनल यात्रा तय गरेको धरान बलियो टोली हो । दुवै टिमसँग उत्कृष्ट खेलाडी छन् । कुन टिमले बाजी मार्ला ? सोमबार दिउँसो हुने खेलको नतिजा कुर्नुपर्ने छ । समिति अध्यक्ष अर्जुन भट्टराईका अनुसार फाइनल कार्यक्रमसँगै खेल समापन र सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

रेफ्रिसँग झापा र तेह्रथुमका टिम कप्तान । तस्बिरः गोल नेपाल

रेफ्रिसँग झापा र तेह्रथुमका टिम कप्तान । तस्बिरः गोल नेपाल

्प्रथम पुरस्कार ३ लाख ३ सय २१ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ५० हजार तीन सय २१ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि विद्यागत पुरस्कार समावेश गरिएको छ । प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई २ हजार प्रदान गरिने भएको छ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता,गोलरक्षक,डिफेण्डर र मिडफिल्डरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । करिब ४१ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

फाइनल सकिएलगत्तै सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ । चर्चित गायिका मेलिना राई र जुनु प्रसाईले प्रस्तुती दिनेछन् । चर्चित गायक प्रताप दास र स्थानिय कलाकारहरु रविन लेछर्बो,गोविन्द चेम्जोङ लिम्बु,अन्जना नाल्बोको प्रस्तुती हुनेछ । किँरात लिम्बु लिपिका प्रचारक, सिरिजङ्गा लिपी, र याक्थुङ संस्कृतिको प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर गोल्डकप र मेला आयोजना गरेको हो । इ.संं. १७०४ मंसिर २९ गते पुर्णिमाका दिन त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको हो । तेल्लोक स्र्पोटिङ क्लबको अगुवाई र तेअङ्सी सिरिजङ्गा स्मृती संस्थाको संरक्षकत्वमा सुरु भएको हो । खेलकुद र मेलामार्फत गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचार प्रसार प्रतियोगीताको मुख्य उदेश्य हो । प्रतियोगीता ‘काउनडाउन’ मा गाउँपालिकाभित्र रहेका धार्मिक,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको फोटो समावेश गरेको छ ।