फागुन गते । आईसीसी टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा अमेरिका, युएई र जिम्बावे विजयी भएका छन् । चेन्नाईमा गएराति सम्पन्न समूह ‘ए’ को खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले हराएको हो । जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सको भने यो दोस्रो हार हो । दुवै टोलीले समान ३ खेल खेलका छन् । जितका लागि १ सय ९७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स १५.५ ओभरमा एक सय ३ रनमा अलआउट भयो ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा अमेरिका, युएई र जिम्बावे विजयी
टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । त्यसअघि हिजो दिउँसो भएको खेलमा यूएईले क्यानडालाई ५ विकेटले पराजित गर्यो । क्यानडाले दिएको एक सय ५१ रनको लक्ष्य यूएईले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
दिल्लीमा टस जितेर ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । त्यस्तै हिजोको पहिलो खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा जिम्बावेले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा एक सय ४६ रन बनाउँदा सबै विकेट गुमायो । अस्ट्रेलियाले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।