setoveda logo
४ वैशाख २०८३, शुक्रवार

अमेरिकाले आक्रमण गरेमा कडा जवाफ दिने इरानको चेतावनी

पुष २८, २०८२, सोमवार

पुष २८ गते । अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ । बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ । अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भइसकेको छ भने झन्डै १० हजार ६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

इरान

इरान

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान स्वतन्त्रता चाहेको भन्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी दिइएको छ ।