setoveda logo
४ वैशाख २०८३, शुक्रवार

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ अहिलेसम्मकै उच्च

माघ १०, २०८२, शनिवार

माघ १० गते । शनिबार अमेरिकी र अस्ट्रेलियन डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिदर १ सय ४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ४१ पैसा छ । शुक्रबार अमेरिकी एक डलरको खरिदर १ सय ४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ९२ पैसा थियो । त्यस्तै शनिबार अस्ट्रेलियन डलर एकको खरिदर १ सय रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय रुपैयाँ ९६ पैसा छ । अस्ट्रेलियन डलरको यो भाउ पनि अहिलेसम्मकै उच्च हो ।

अमेरिकी डलर

अमेरिकी डलर

शुक्रबार अस्ट्रेलियन डलर एकको खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १ सय ७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।