अलैची व्यवसायी महासँघको शनिबार सम्पन्न पाँचौ अधिबेशनबाट निर्वाचित केन्द्रिय अध्यक्ष पदमा दीपक नेपाल
भदौ १४ गते । अलैची व्यवसायी महासँघको शनिबार सम्पन्न पाँचौ अधिबेशनबाट केन्द्रिय अध्यक्ष पदमा दीपक नेपाल र कोशी प्रदेश संयोजक पदमा बालमणि बराल सर्वसम्मत चयन भएका छन् । नेपाल पाँचथरका र बराल ताप्लेजुङका हुन् । दुवै जना अलैची व्यवसायी हुन् । महासँघको वष्ठि उपाध्यक्षमा नारान चिमोरिया चयन भएका छन् । उपाध्यक्षत्रय मात्रिका घिमिरे,सुजित वंसल र कुसुम दाहाल भएका छन् । महासचिव प्रज्वल विमली चयन भए । रामकृष्ण विष्ट कोषअध्यक्ष बने । प्रेम राई र संजिव घिमिरेले सहसचिवको जिम्मेवारी पाएका छन् ।
अलैची व्यवसायी महासँघको शनिबार सम्पन्न पाँचौ अधिबेशनबाट निर्वाचित कोशी प्रदेश संयोजक बालमणि बराल
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अधिवेशनको उद्घाटन गरे । नेपालका ४३ बढि जिल्लामा अलैची खेती विस्तार भएको छ । यद्यपी रोगका कारण उत्पादन घट्दो छ । अलैची प्रतिमन (४० केजी) को ८४ हजार मूल्यमा (ताप्लेजुङमा भदौ १४ गते) कारोवार भएको छ । व्यवसायी कमल वरालका अनुसार केहीदिनयता मुल्य घटेको हो । वेसी क्षेत्रमा अलैची टिप्ने र सुकाउने काम सुरु भएको छ । वेसी क्षेत्रमा भदौ दोश्रो हप्तादेखि अलैची टिप्न सुरु हुन्छ । लेकाली क्षेत्रमा कार्तिक अन्तिमसम्म टिप्ने गरिन्छ ।