चैत १० गते । अखिल नेपाल महिला (अनेम) संघ ताप्लेजुङको अध्यक्षमा रनमाया गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङ पाथीभरा याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष समेत हुन् । शनिबार सम्पन्न ७ औँ जिल्ला अधिबेशनबाट गुरुङको नेतृत्वमा ३५ नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षद्वय मिना कुमारी केदम र रिता श्रेष्ठ, सचिव चन्द्रा खतिवडा, उपसचिव बबिता पोमु, कोषाध्यक्ष प्रमिला खनाल घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
शनिबार अनेम संघका केन्द्रिय सदस्य डुका हमालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेसनकै अवसरमा पार्टीका क्रियाशिल जेष्ठ महिला नागरिकलाई सम्मान नयाँ युवा पुस्तालाई स्वागत तथा पार्टी प्रवेश समेत गराइएको छ । जसपा निकट बिद्यार्थी संगठन लगायन बिभिन्न पार्टीबाट पार्टी प्रबेश गरेका छन् ।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले नेता टंक आङ्बुहाङ, पूर्वसांसद होमकुमारी साँवा, जिल्ला कमिटी उपाध्यक्ष दिपेन पोमु, सचिव सन्तोष चाम्लिङ लगायतको उपस्थिती रहेको थियो ।