setoveda logo
४ वैशाख २०८३, शुक्रवार

अफ्रिकामा एमपक्सको कहर

पुष ७, २०८१, आइतवार

साओ साल्भाडोर । अफ्रिकामा एमपक्स संक्रमितको संख्या ७० हजार नजिक पुगेको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी०ले बताएअनुसार यस वर्ष अफ्रिकामा एमपक्स संक्रमितको संख्या ७० हजार नजिक पुगेको हो । यसबीच एमपक्सको कारण १ हजार २६० जनाभन्दा बढीको मृत्यु भएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार अफ्रिकी महादेशका २० देशहरूमा यस वर्षको सुरुदेखि अहिलेसम्म ६९ हजार २११ वटा एमपक्सको मामिला देखिएको अफ्रिका सीडीसीका चीफ अफ स्टाफ तथा कार्यकारी कार्यालयका प्रमुख नगाशी नगोङ्गोले हालै अनलाइन मिडिया ब्रिफिङमा बताएका थिए । यीमध्ये १४ हजार ७ सय ९४ जनामा ​​संक्रमण पुष्टि भएको र १ हजार २६८ भन्दा बढीको मृत्यु भएको उनको भनाइ थियो ।

१५ अफ्रिकी देशहरूले अहिले एमपक्स भाइरसको सामना गरिरहेको नोगोंगोले बताए । ग्याबोन, दक्षिण अफ्रिका, मोरक्को, जाम्बिया र जिम्बाब्वेले हालैका हप्ताहरूमा सक्रिय सर्कुलेशनबाट सङ्क्रमणलाई नियन्त्रण चरणमा पुर्‍याएको बताइएको छ ।