setoveda logo
४ वैशाख २०८३, शुक्रवार

आयोजक तेल्लोक र धरानबिच शनिबार पहिलो सेमिफाइनल खेल

मंसिर २७, २०८२, शनिवार
 तेल्लोक स्पोर्टिङ क्लब र मरिक एफसी धरान

 तेल्लोक स्पोर्टिङ क्लब र मरिक एफसी धरान

ताप्लेजुङ, मंसिर २७ गते । ताप्लेजुङको तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । शुक्रबार भएको अन्तिम क्वाटर फाइनल खेलमा धनकुटाको साँगुरीगढी फुटबल क्लबलाई पराजित गर्दै तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । साँगुरीगढी फुटबल क्लब धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनाएको छ । यो सँगै धनकुटाले फाइनलका लागि न्यू स्टार फुटबल क्लब झापासँग आइतबार प्रतिस्पर्धा गर्ने भएको छ । धनकुटा र म्याङलुङ दुवै टिममा विदेशी खेलाडीको साथ रहेको थियो । शनिबारको पहिलो सेमिफाइनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र मरिक एफसी धरान बिच प्रतिस्पर्धा हुँदै छ । सोमबार फाइनल खेल हुने आयोजक समिति अध्यक्ष अर्जुन भटराईले जानकारी दिए ।

तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब  । तस्बिर गोल नेपाल

तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब  । तस्बिर गोल नेपाल