जेठ ८ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमूले (दीपेन) निर्वाचित भएको ३ वर्षमा कार्यसम्पादन गरेको विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष पोमूले (जेठ ६ गते) जिम्मेवारी सम्हालेको ३ वर्षको अवधिमा गरेका काम सार्वजनिक गरेका हुन् । पूर्वाधार विकासको क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षामा गुणस्तर र पहँुच विस्तार, कृषि र वातावरण संरक्षण, सुशासन पारदर्शीता, डिजिटल सेवा र विद्युत सेवामा गरेका काम समावेश छन् । ६५ कि.मी. सडक ट्रयाक बनेको,कभर्ड हल निर्माण अन्तिम चरणमा पुगेको,पालिका आसपास सडक कालोपत्र सकिन लागेको अध्यक्ष पोमुले उल्लेख गरेका छन् । दश शैप्याको अस्पताल भवन निर्माण तिव्र भएको,गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा,कक्षा १२ सम्म निशुल्क शिक्षा उपलब्ध छ । एक घर,एक धारा अभियान र शिक्षकलाई मासिक तलब उपलब्ध गराएको उल्लेख छ ।
के के गरे ३ वर्षमा ? (हेर्नुहोस विज्ञप्ति)