setoveda logo
४ वैशाख २०८३, शुक्रवार

आईपीएलमा लखनऊको निराशाजनक प्रदर्शन, दिल्ली क्यापिटल्स ६ विकेटले विजयी

चैत १९, २०८२, बिहिवार

चैत १९ गते । लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ। बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।

दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्स

जवाफमा दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाउँदै खेल जित्यो । १४२ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै केएल राहुलको विकेट गुमाएको थियो । उनले खाता समेत खोल्न सकेनन् । त्यसपछि टोलीले २६ रनमा ४ विकेट गुमाइसकेको थियो । यस क्रममा पथुम निसांका १ रन, नीतीश राणा १५ रन र कप्तान अक्षर पटेल शून्यमै आउट भए ।

त्यसपछि समीर रिजवी र ट्रिस्टन स्टब्सले पाँचौं विकेटका लागि ७६ बलमा ११९ रनको साझेदारी गर्दै टोलीलाई १७ बल बाँकी छँदै जित दिलाए । रिजवीले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७० रन बनाए भने स्टब्स ३९ रनमा अविजित रहे । लखनऊका लागि प्रिन्स यादवले २० रन दिएर २ विकेट लिए भने मोहम्मद शमी र मोहसिन खानले १–१ विकेट लिए ।