setoveda logo
४ वैशाख २०८३, शुक्रवार

आहा ! ताप्लेजुङ ‘पाथीभरा’ ! म त जाने तपाई नि ?

चैत ७, २०८२, शनिवार
आहा ! ताप्लेजुङ ‘पाथीभरा’ ! तस्बिरः बसन्त पालुङवा/सुवास आचार्य ।

आहा ! ताप्लेजुङ ‘पाथीभरा’ ! तस्बिरः बसन्त पालुङवा/सुवास आचार्य ।

चैत ७ गते । ‘शुक्रबार बेलुकी पाथीभरामा यो सिजनको नवौ पटक हिउँ पर्यो ।’ पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने,‘हिउँले पाथीभरा क्षेत्र सेताम्मे छ । साँच्चिकै हिउँमय छ ।’ यसअघि ८ पटक हिउँ परेको थियो । तर बाक्लो हिउँ परेको थिएन् । पाथीभरामा शनिबार र मंगलबार तुलनात्मक रुपमा दर्शनार्थी बढि हुन्छन् । शुक्रबार बेलुकी परेको हिउँ शनिबार एकाविहानै अवलोकन गर्न पाउँदा दर्शनार्थी हर्षित छन् । किनकी अघिल्लो दिन काफ्लेपार्टीदेखि ठूलो फेदिसम्मका होटलमा बास बसेका दर्शनार्थीहरुले ‘फ्रेस’ हिउँ हेर्न,खेल्न र हिउँमाथि नै हिड्न पाएका छन् ।

ताप्लेजुङ पाथीभरामा शनिबार विहान दर्शन गर्दै दर्शनार्थी । तस्बिरः पाथीभरा क्षेत्र विकास समिति

ताप्लेजुङ पाथीभरामा शनिबार विहान दर्शन गर्दै दर्शनार्थी । तस्बिरः पाथीभरा क्षेत्र विकास समिति

महतले भने,‘कतिपय दर्शनार्थीले हिउँसँग साक्षात्कार गरेको पहिलो अनुभव सुनाए । हिउँको बाटोमा अप्ठेरो गरेर हिडेँ तर औधी खूसी देखिन्थे ।’ शनिबार विहानको मौसम राम्रोगरि उघ्रिएको छैन् । धुम्मिएको मौसम छ । हिउँ परेकाले चिसो छ । जेष्ठ नागरिक,बालबालिका र अशक्तका लागि यात्रा केही असजिलो छ । तथापी पैदलमार्गमाथि लगाइएको ट्रस्टले सहज बनेको छ । पाथीभरामा अब कम्तिमा एक हप्ता हिउँ विलाउँदैन् । किनकी बाक्लो हिउँ परेको छ । पुस–माघमा परेको हिउँ अलिक लामो समय रहन्छ । तर चैत–बैसाखमा हिउँ परे चाँडो बिलाउँछ । तापक्रम बढ्ने र दिन पनि लम्बिने भएकाले चाँडोगरि हिउँ बिलाउने गर्छ ।

हिउँमय बन्यो ताप्लेजुङ पाथीभरा । तस्बिरः पाथीभरा क्षेत्र विकास समिति

हिउँमय बन्यो ताप्लेजुङ पाथीभरा । तस्बिरः पाथीभरा क्षेत्र विकास समिति

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार हिउँ परेको बेला कर्मचारी बढि सजग हुने गर्छन् । हाङवाङले भने,‘व्यवस्थित दर्शन र दर्शनार्थीको स्वास्थ्यमा सावधानी अपनाउनुपर्छ । साह्रो गाह्रो पर्दा हामी समन्वय गरेर सहयोग गर्छौ ।’ हिउँ खेल्न आउनेलाई अबको हप्ता दिन बढि समय छ । कार्यकारी निर्देशक हाङवाङले भने,‘चैत÷बैसाख दर्शन गर्नेको भिड नै हुन्छ । हिउँ खेल्न र अवलोकन गर्न पनि साथ दिएको छ ।’ पाथीभरा क्षेत्रमा गुँरास पनि फुल्न थालेको छ । विश्वको तेश्रो हिमाल कंञ्चनजंघा (८,५८६मी.), कुम्भकर्ण हिमाल र डाँडाकाँडाको गज्जबको दृश्यावलोकन गर्न संम्भव छ । ३,७९४मी. उचाईमा अवस्थित पाथीभराबाट चारैतिरको प्रकृतीमा रमाउन सकिन्छ । सुकेटार–काफ्लेपाटीसम्म २४ किलोमिटर सडक कच्ची छ । कालोपत्र गर्ने काम सुरु भएपनि कहिले सम्पन्न हुन्छ टुंगो छैन् । काफ्लेपाटी–पाथीभरा मन्दिर दुरी ५ किलोमिटर छ । उकालो यात्रा छिचोल्न टेक्नका लागि लठ्ठी पाईन्छ । फर्कदा जहाँबाट लग्यो त्यहीको पसल धनीलाई फिर्ता दिनुपर्छ । हिड्न नसक्नेका लागि भरिया उपलब्ध छ । डोकोमा बोकेर लैजाने गर्छन् ।

 ताप्लेजुङ पाथीभरा पैदलमार्ग दायाँ बायाँ हिउँ । तस्बिरः पाथीभरा क्षेत्र विकास समिति

ताप्लेजुङ पाथीभरा पैदलमार्ग दायाँ बायाँ हिउँ । तस्बिरः पाथीभरा क्षेत्र विकास समिति